चलचित्र

भावना र नरेनको ठूलो आशा

काठमाडौं, ३० पुस । मोडलिङ क्षेत्रबाट पहिलो पटक निर्माता संजय कुटुको चलचित्र मौसमबाट नेपाली रजतपटका डेब्यु गरेकी मोडेल तथा नायिका भावना गुरुङ चलचित्र स्वर्ग मेरो गाउँबाट निकै आशावादी रहेकी छिन् । गुरुङसँगै निर्माता तथा निर्देशक छवि ओझाको चलचित्र हमेसाबाट चलचित्रमा होमिएका नरेन खड्काले पनि स्वर्ग चलचित्रमा अभिनय गरेका छन् । उनको मूख्य अभिनय रहेको चलचित्रले दर्शकको साथा पाउनेमा उनी पनि ढुक्क बनेका छन् । चलचित्रको प्रदर्शनको मिति नजिकिँदै जाँदा नायिका भावनाले आफू लामो समयपछि स्वर्ग मेरो गाउँबाट पर्दामा छाउन लागेको बताए । उनले अन्य चलचित्रभन्दा फरक भूमिकामा देखिएको र आफ्नो भूमिकालाई दर्शकले रुचाउनेमा आफू  ढुक्क रहेको दाबी गरे । 
चलचित्रको प्रदर्शन मिति माघ १२ गतेलाई तोकिएको छ । प्रदर्शन मिति निजिकिँदै जाँदा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई पनि तिव्रता दिएको छ । यही मेसोमा हालै चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ । स्वर्ग मेरो गाउँ आफ्नो गाउँलाई स्वर्ग बनाउँन लागि परेका युवाहरुको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । चलचित्र स्वर्ग मेरो गाउँमा अभिनेत्री भावना गरुङ सहित नरेनका रामकृष्ण बजगाईं, शक्ति लम्साल, सुजाता थापा, अष्ट महर्जन लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता तथा निर्देशक रामकृष्ण बजगाईंले रहेका छन् ।