चलचित्र

घरबार विग्रिए पनि चलचित्रबाट चम्किए यी अभिनेत्री

काठमाडौं,  पुस ।  नेपाली चलचित्र क्षेत्रमा नाम र दाम कमाउन संघर्ष गर्ने हजारौं कलाकार छन् । केही कलाकारले रातारात चर्चा कमाउन अनैतिक र अपाच्य हर्कत गर्ने गरेको पनि यही देखिन्छ । केही कलाकार आफ्नै लगानीमा चलचित्र क्षेत्रमा प्रवेश गर्छन्, संघर्ष के हो ? त्यसको विषयमा केही जानकारी नपाएरै बीचबाटोमै विलाउने गरेका पनि कैयौं उदाहरण छन् । तर, केही अभिनेत्रीहरु यस्ता छन् जसले आफ्नो घरपरिवारबाट साथ नपाए पनि चलचित्रबाट भने राहत पाउँदै आएका छन् । घरपरिवारबाट साथ नपाउनुको पछाडि उनीहरुका विभिन्न व्यक्तिगत कारणहरु हुनसक्छन् तर, चलचित्रमा उनीहरुले गरेको अभिनय, लगाव र मेहनतको प्रतिफलस्वरुप उनीहरु यो क्षेत्रमा पक्कै टिकेका हुन् । 
कलाकारिताको क्षेत्रमा लागेकाहरुको व्यक्तिगत जीवन सहज नभएपनि डिभोर्स भएका उनीहरु करियर भने निकै चम्केको पाइएको छ । नेपाली चलचित्र क्षेत्रमा नायकहरुको भन्दा बढि नायिकाहरुको डिभोर्स भएको पाइएको छ । तर डिभोर्सपछि उनीहरुको लोकप्रियता र व्यस्तता दुबै बढेका नायिकाहरु निकै छन् । घरबार विग्रिए पनि चलचित्रबाट चम्केका नायिकाहरुको नाम लिनुपर्दा रेखा थापा, प्रियंका कार्की, छुल्ठिम गुरुङ लगायत केही नायिकाहरु छन् । 
निर्माता छबीराज ओझासँगको सम्बन्ध बिग्रिएपछि नायिका रेखा चलचित्र क्षेत्रमा थप सशक्त भएर देखा परेकी छन् । छबीले नै रेखालाई यस क्षेत्रमा भित्राएका हुन् । लामो समय एकसाथ रहेका उनीहरुको करियर र फिल्म दुबै राम्रैसंग चलेको थियो । तर एकाएक रेखा छबीसंग अलग भइन् र आफनै निर्मात्री बनिन् । डिभोर्सपछि उनको सक्रियता झनै बढेको थियो । तर पछिल्लो समय उनको ठाउँ नवनायिकाहरुले लिन थालेपछि उनको आगमी चलचित्र करियर भने अप्ठ्यारोमा पुग्ने अवस्थामा देखिएको छ । 
यस्तै अर्की नायिका प्रियंका कार्की पनि अहिलेले सबैभन्दा बढी चर्चित र व्यस्त नायिका हुन् । घरबार विग्रिएपछि सबैभन्दा बढी चम्केकी नायिका सायद प्रियंका नै हुनसक्छिन् । जसले अहिले चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी छन् । रोचक मैनालीसंग बिवाह गरेकी उनले आफनो करियरको सुरुवाती दौरानमा नै डिभोर्स गरिन् । डिभोर्सपछि चलचित्र र म्युजिक भिडियो, स्टेज शोमा उनको व्यस्तता झनै बढेको हो । हाल उनी नायक आयुषमान देसराज जोशीसंगको प्रेम सम्बन्धमा रहेकी छिन् । त्यस्तै अर्की नायिका छुल्ठिम गुरुङले पनि गायक धिराज राईसंग डिभोर्स गरेपछि उनी झन चलचित्र क्षेत्रमा सक्रिय बनेकी छन् । नोभेम्बर रेनमार्फत चलचित्र डेब्यु गरेकी छुल्ठिमले सोही चलचित्रबाटै चर्चा बटुल्न सफल बनिन् । त्यसपछि उनलाई निर्माता तथा निर्देशकले ठूलै अफर गरे पनि उनी चलचित्रमा देखा परिनन् त्यस्तै अर्की नायिका तथा गायिका रीमा बिश्वकर्माले पनि ‘स्वर’ चलचित्रमार्फत डेब्यु गरेकी हुन् । चलचित्र क्षेत्रमा खासै सफलता नपाएको उनको व्यस्तता भने कम छैन । विभिन्न कार्यक्रम, म्युजिक भिडियोमा सक्रिय रहेकी उनको व्यस्तता डिभोर्सपछि झनै बढेको छ । उनले केही दिन अगाडीमात्र आफनो ३ बर्षे बैवाहिक जीवनको अन्त्य गर्दे रोबोर्ट बिश्कर्मासंग डिभोर्स लिएकी हुन् । डिभोर्स भएपछि उनको व्यस्तता चलचित्रमा पनि बढेको छ । पछिल्ला पटक चलचित्र कोहलपुर एक्सप्रेसमा समेत उनले आइट डान्स गरेर चर्चामा रहेकी छिन् ।