समाचार

नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

काठमाडौं, १३ पुस । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ ।
दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ । कुकुरको आहारका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन ।
इलामका विभिन्न गाउँका गोठबाट छुर्पी संकलन गर्दै आएकी जमुना राईले यहाँको छुर्पी पोषिलो र स्वादीलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताइन् । आजको गोरखापत्रले समाचार छापेको छ ।