समाचार

गोरखामा एक बोरा सुतली बम फेला

गोरखा, ८ मंसिर ।  गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटिएको छ । बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले विहीबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममाः बोरामा फेला परेको सो बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय बनाइने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।