राजनीति

मतदान अधिकृत र सामग्री मतदान केन्द्रमा

काठमाडौं, ६ मंसिर । मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा निर्वाचन सामग्री धमाधन पु¥याउन थालिएको छ । केही जिल्लाहरुमा अधिकृत र मतदान सामग्री पुगिसकेको छ भने केही जिल्लामा पुग्ने क्रममा रहेको छ । सवारी साधन नपुग्ने तथा दुर्गम मतदान केन्द्रमा हेलिकोप्टरमार्फत मतदान सामग्री पु¥याउने प्रबन्ध मिलाएको निर्वाचन आयोगले जनाएको छ । 
यसैबीच, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक जिल्लामा मतदान सामग्री पठाइसकिएको छ । त्यस्तै, गोरखाका मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी खटिएका छन्। खटिएका कर्मचारीहरु मतदानका लागि आवश्यक पर्ने सामग्रीहरु बोकेर मतदान केन्द्रतिर लागेका हुन्।

दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र रहेको गोरखामा २१३ मतदान स्थल र २८२ वटा मतदान केन्द्र रहेको छ। गोरखामा कुल एक लाख ८९ हजार ४ सय ४८ जना मतदाता छन्। रोजगारीका क्रममा घरबाहिर रहेका मतदाताहरु पनि गाउँ फर्कन थालेका छन्। निर्वाचनका लागि २२४२ जना कर्मचारी परिचालन गरिएको छ। निजामति कर्मचारीलाई पहिलो प्राथमिकता दिइएको छ भने अपुग ठाउँमा शिक्षकलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपेटिका, मतदान पत्र, नङमा लगाउने मसीलगायत ६४ प्रकृतिका निर्वाचन सामग्री बोकेर कर्मचारीहरु दुर्गमका मतदान केन्द्रतर्फ जान थालेका हुन्। एउटा मतदान केन्द्रमा सात जनाका दरले कर्मचारी खटाइएको छ।यस्तै सुरक्षाकर्मीहरु पनि परिचालन गरिएको छ। गाउँपालिकाहरुमा प्रहरी नायब उपरीक्षक नेतृत्वमा रहेको नेपाल प्रहरीको टोली परिचालन गरिएको छ भने म्यादी प्रहरी, सशस्त्र र नेपाली सेना पनि परिचालन गरिएका छन्। सशस्त्र दोस्रो र सेना तेस्रो घेरामा रहनेछन्।

दुर्गम भेगका मतदान केन्द्रमा भने हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतदान अधिकृतहरु पठाउने तयारी गरिएको छ। अन्य कर्मचारीहरु भने मतदान केन्द्रतर्फ पैदल गइरहेका छन्। कैयौँ दिन हिँडेर मतदान केन्द्र पुग्नुपर्ने कर्मचारीलाई बाध्यता छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भौगोलिक हिसाबले दुर्गम रहेका क्षेत्रमा आज नेपाली सेनाको हेलिकोप्टरमार्फत् निर्वाचन सामग्री र मतदान अधिकृत पठाइएको जानकारी दिए।
पहिलो चरणको चुनाव बैशाख १० गते विहान ७ बजे देखि हुनेछ । चुनावका लागि सबै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदैछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४  सिटका लागि ७ सय २ जना चुनावी मैदानमा छन् । विहीबार राति १२ बजेबाट मौन अवधि शुरु हुनेछ ।