समाचार

रहेनन् प्रचण्ड पुत्र प्रकाश दाहाल

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको आज बिहान निधन भएको छ । हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएका दाहालको उपचारका क्रममा निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा केही बेरमा पत्रकार सम्मेलन गरेर गरिनेछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । 
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पु¥याइएको थियो । प्रकाशको निधन भएपछि माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउन लागेका छन् ।