विश्व

भूकम्पका कारण खुल्ला आकासमुनिका बास

इरान, २९  कार्तिक ।  इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुको खुल्ला आकास मुनिको बास विताउन बाध्य छन् । भूकम्पमा परी ४ सय ५० बढीले ज्यान गुमाएका छन् भने ६६ हजार भन्दाबढी घाइते भएका छन् । भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको थियाे। 

कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली भूकम्पमध्ये एक हो । भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ । भूकम्पको कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 

इरान र इराकको सीमा क्षेत्रमा भूकम्प गएको भएता पनि विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको छ । भूकम्पले कतिपय स्थानका बाटोहरु भास्सिएका छन् । केही स्थानमा पहिरोले आवतजावत नै बन्द गराएको छ । उद्धार टोलीहरूलाई क्षतिग्रस्त स्थानमा पुग्नसमेत कठिनाइ भएको छ । भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका व्यक्ति त्रास अझै हटेको छैन ।

बारम्बारको पराकम्पनले उनीहरूको त्रासलाई झन बढाएको थियो । पराकम्पनको कुवेतमा समेत त्रासको स्थिति रहेको छ ।  सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।