न्युयोर्क

टेक्सासको एक चर्चमा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, २६ मारिए

न्यूयोर्क, २० कार्तिक । अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २६ जना मारिएका छन् भने अन्य २४ जना घाइते भएका छन् ।  स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला एक बन्दुकधारीले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएको थिए । टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो र दुःखद गोलीकाण्ड रहेको गभर्नर ग्रेग एबोटले बताएका छन् । 
अन्धाधुन्ध गोली चलाउने बन्दुकधारी घटना लगतै जवाफी कारवाहीमा मारिएको जनाइएको छ । गाडीमा चढेर भाग्दै गरेका आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका हुन् । घटनामा ज्यान गुमाएकाको परिचय अहिलेसम्म खुलेको छैन र उद्धार तथा छानबिनको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
मृत्यु हुनेमा ५ बर्ष देखि ७२ बर्षसम्मका मानिस रहेको जनाइएको छ । मृत्यु हुनेमा चर्चका पास्टरकी १४ बर्षिय छोरी पनि छन् । संघिय जांच ब्युरो अमेरिकाले उक्त घटनाको अनुसन्धान जारी राखेको छ । उक्त घटना टेक्ससको पर्यटयिक शहर सन्एण्टिनो भन्दा करिव ३० माइल टाढा विल्सन काउण्टीको सआउदररल्याण्ड स्थित फस्ट वाप्टीस्ट चर्चमा भएको हो । 
यो घटना लगत्तै एयिसा भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई लगायत सुरक्षा निकायले आफ्नो काम शुरु गरेको र आफुले जापानवाट घटनाको निगरानी गरिरहेको टिवट् गरेका छन् । तुलनात्मक रुपमा थोरै जनासंख्या रहेको एक एकले अर्कोलाई चिन्ने साउदरल्याण्डको उक्त चर्चमा आइतवार विहान प्रर्थानाका लागि मानिसहरु जम्मा भएका थिए । आक्रमणकारीले चर्चमा प्रवेश गरेसंगै गोली चलाउन शुरु गरेको त्यहांका प्रहरीले जनाएका छन् । 
अमेरिकामा श्रृखलावद्ध रुपमा यसरी वन्दुकधारीको आक्रमणवाट मृत्यु हुने क्रम वढिरहेको छ । केही साता अघि लसभेगासमा यस्तै  घटना हुदां ५९ जनाले ज्यान गुमाएका थिए । यसै साता कोलोराडोको डेनभर नजिक वालमार्टमा बन्दुकधारीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका थिए । यसअघि न्युयोर्कमा गएको हप्ता एक व्यक्तिले साइकल लेनमा ट्रक चलाउँदा ८ जनाको ज्यान गएको थियो ।