समाचार

विदेशबाटै श्रीराम मन्दिरमा इ—पूजा गर्न सकिने

बलराम प्यासी
काठमाडौं, कार्तिक । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने नेपाली उखानझैं अब विदेशमा बसेर पनि हिन्दु धर्मालवम्वीहरुको प्रशिद्ध मन्दीर श्रीराममन्दीर बत्तिसपुतलीमा आफुले चाहेको पुजाअर्चना, आरती र भाकल पुरा गर्न सकिने भएको छ । 
हातहातबाट मोवाइल र इन्टरनेटमार्फत विदेशमा बस्ने आफन्त, इष्टमित्र र नातागोतासंग कुराकानीमात्रै गरिँदै आएकोमा मन्दीरमा जडान गरिएको इन्टरनेटबाटै पुजाआजाको काम शुरु भएपछि भक्तहरुको धार्मिक इच्छा पुरा हुन लागेको हो । 
विक्रम संवत् १९२८ सालमा तत्कालिन कमाण्डी¨ कर्णेल सनकमान सिंह टण्डन ‘लाहुरी क्षेत्री’ ले मर्यादा पुरुष श्रीरामको नाममा स्थापना गरेको प्रशिद्ध श्रीराम मन्दीरमा स्थापनाको १ सय ४६ वर्षपछि ‘इ—पुजा सेवा’ शुरु गरिएको हो । 
धार्मिक पर्यटनको विकास गर्दै हिन्दु धर्मावलम्वीहरुलाई आफ्नो धर्मसंस्कृतिप्रति आस्था र विश्वास जगाउन नेपालमै पहिलोपल्ट इ—पुजा सेवा शुरु गर्ने श्रीराममन्दीर नै पहिलो मन्दीर हो । 
अनुशासन, आज्ञाकारी र मर्यादाको प्रतीक श्रीराम, पत्नि सीता, भाइहरु लक्ष्मण, भरत र शत्रुघनका साथै उनका भक्त श्री हनुमानको गाथासंग सम्वन्धित पुजाआराधना गरिने नेपालको सो एकमात्र मन्दीरमा कुनैपनि पशुपंछीको वली चढाइँदैन । 
विशेष गरी विदेशमा बस्ने हिन्दु नेपालीहरुलाई श्रीराम मन्दीरमा आएर पुजा गर्न नसक्ने समयको ख्याल गर्दै आफुले चाहे अनुसारको पुजा अर्चना र आरती गर्नका लागि इ—पुजा सेवा शुरु गरिएको श्रीराम मन्दीर जिर्णाेद्धार एवम् सम्वर्धन समितिका सदस्य सचिव एवम् पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्यसचिव डा.गोविन्द टण्डनले बताए । 
श्रीराम मन्दीरबाट इ—पुजा सेवा शुरु गरेपछि राजधानी र मोफसलका अन्य प्रशिद्ध मन्दीर व्यवस्थापन समितिहरुले पनि भविष्यमा यो सेवा शुरु गर्ने सदस्यसचिव डा.टण्डनको भनाईछ । यसले धार्मिक पर्यटनको विकासमा टेवा पुग्छ, उनले भने । 
मन्त्रीपरिषदका तत्कालिन अध्यक्ष खिलराज रेग्मीले केहीदिनअघि औपचारिक शुरु गरेको इ—पुजा सेवामार्फत हनुमान चालिसा पाठ, श्रीराम नवमी अर्चना, तुलसी अर्चना, अन्नकुट उत्सव, रामायण र गीता पाठ, भक्ति साधना, नवग्रह जप, आरतीलगायत २५ थरीका पुजा गर्न सकिने व्यवस्था मिलाइएको छ । 
‘हाल हरेक दिन विहान ८ देखि ११ बजेसम्म इ—पुजाको ब्यवस्था छ’ समितिका कोषाध्यक्ष केशव खत्री घिमीरेले भने । इ—पुजाको लागि एकजना मुलपुरोहित हरिप्रसाद अधिकारी र उनका एकजना सहयोगी छन । ‘इ—पुजाको माग बढ्दै गएमा हामी पुरोहित थप्छौं’ सदस्य सचिव डा.टण्डनले भने । 

इ—पुजामार्फत मर्यादापुरुष श्रीराम र उनका भक्त श्री हनुमानसंग सम्वन्धित सबै पुजाअर्चना गर्न सकिने सदस्यसचिव डा.टण्डनले बताए । इपुजा सेवामार्फत स्वदेशी या विदेश भक्तजनले मन्दीरको विकासका साथै 
पुजाका लागि विदेशमा बस्नेहरुले आफुले चाहेअनुसारको पुजा छनौट गरि मास्टरकार्ड, भिसाकार्ड, अमेरिकन एक्सप्रेस लगायतका कार्डबाट श्रीराम मन्दीरको बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ । राजधानी बाहिरका जिल्लाका धर्मावलम्वीहरुका लागि भने इ—सेवामार्फत मन्दीरको बैंक खातामा पैसा जम्मा गरेर इ—पुजाको लागि लाइन बस्न सकिने छ । 
पुजाको प्रकृति हेरी ५ सय १ देखि १ लाख ११ हजार १११ समम्को पुजा, भाकल र आरती सेवा उपलव्ध गराइएको छ । हाललाई भने पुजा गरिएको प्रसाद र पुजाको भिडियो सम्वनिधत भक्तलाई कुरियरमार्फत पठाउने व्यवस्था मिलाइएको छ । ६ महिनाभित्र सम्वन्धित भक्तलाई नै स्काइपमार्फत इ—पुजा लाइभ गर्ने व्यवस्था मिलाइने पनि सदस्यसचिव डा. टण्डनले बताए । 
मन्दीरको नाउँमा बैंकमा पुजा गर्न चाहने व्यक्तिको नाउँ चढेपछि पालो अनुसार हिन्दुपरम्परा अनुसार उसले चाहेको पुजा गरिने व्यवस्था मिलाइएको मन्दीरका कार्यालय सचिव वसन्त खड्काले बताए । 
मन्दीरका जेष्ठ नागरिक, अनाथ वालवालिकाका साथै समितिद्धारा सञ्चालित मानव सेवा आश्रममा आश्रीतहरुलाई आर्थिक सहयोग गर्न सकिने र दाताबाट प्राप्त रकम बैंकमार्फत पारर्दिशरुपमा हिसाव किताव राखिने व्यवस्था मिलाइएको छ । 
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पमा परि क्षति भएको सो मन्दीर १ वर्षभित्रै जिर्णाेद्धार गरि समेही वर्षको चैतदेखि मन्दीरमा पुजाआजाको कार्य शुरु गरिएको थियो । विगतमा ३ सय ७४ रोपनी जग्गा स्पामित्पमा रहेको सो मन्दीर हाल भने करीव ३ रोपनीमा खुम्चिएको छ । बाँकी जग्गा गुठीयारहरुले दुरुपयोग गरिएकोप्रति भने समिति चिन्तित देखिन्छ ।