न्युयोर्क

अमेरिकामा आतंककारीले मान्छेमाथि ट्रक कुदाएपछि....

न्यूयोर्क, कार्तिक । अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा आतंककारी हमलामा आठ जना मारिएका छन् । मंगलबार बिहान आतंककारीले साइकल लेन तथा पैदल यात्रु हिड्ने बाटोमा जथाभावी पिक अप ट्रक कुदाउँदा ८ जनाको ज्यान गएको हो । घटनामा दर्जन बढी घाइते भएका छन् । 
उक्त घटनाको जिम्मा कसैले लिएको छैन । तर पनि सेफ्लो हिविवुलेविक अथवा आइएसको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । 
आक्रमणकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनी ट्रकबाट भाग्न खोजेपछि प्रहरीले उनीमाथी गोली हानेको थियो । गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारी सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका आएका थिए । घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घोर घभ्र्सना गरेका छन् । त्यस्तै न्युयोर्कका मेयर बिल डे ब्लासियोले घटनालाई  ‘एक्टिभ टेरेर’को संज्ञा दिएका छन् ।