मनोरंजन

सञ्चारकर्मीको वास्तविक भोगाइ लिएर आए जैरु (भिडियो सहित)

काठमाडौं, कार्तिक । सञ्चारकर्मीको संघर्ष र पीडाको कथा बोल्ने भिडियो सार्वजनिक भएको छ ।  ‘स्वार्थी’ नामको भिडियोमा डडेल्धुराको युनिटी रेडियो तथा काठमाडौंको सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा कार्यरत विरेन्द्र जैरुको अभिनय रहेको छ ।

भिडियोले स्वार्थी समाजको कथा–व्यथा र पीडालाई टपक्क टिपेको छ । अझ सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीले अहोरात्र खटिएर गरेका सयौं सुधारका कामको  कुनै मूल्यांकन नगरी एउटा गल्तीको प्रतिक्षामा रहेकाे सञ्चार संस्थानको व्यवहारलाई झल्काएको छ भन्दा फरक पर्दैन ।

वास्तवमा त्रुटी मानिसबाट नै हुन्छ भन्ने हेक्का राख्नुपर्ने हो व्यवस्थापकले ।  तर त्यो दयालु दिल व्यवस्थापकसँग नहुँदा जागिर छाडेरे हिड्नुपर्ने सम्मको अवस्था भिडियोमा देखाइएको छ ।  जसमा सञ्चारकर्मी जैरुले गरेको अभिनय सुहाउँदिलो छ ।

संचारकर्मीको पीडा र संघर्षका बारेमा अनुपम जैरुले गीतको शब्द कोरेका हुन् ।  गीतमा अनुपमसँगै विजय जैरुको आवज रहेको छ । संगीत संयोजन अनुपमकै हो । १७ वर्षे युवा विवेकको निर्देशन तथा सम्पादनमा भिडियो तयार पारिएको हो । 

यस्ताे छ भिडियाेः