विश्व

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया, ८ कार्तिक । इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार  बेलुका ५:४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए ।
भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उनले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोनमार्फत बताए ।