समाचार

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

काठमाडाैं, ८ कार्तिक । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन ।  पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो ।
श्रीपेच कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ । संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने- हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन । श्रीपेचको अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर हेर्ने भन्ने विषय नै अन्यौलमा छ ।