समाचार

मन्त्री र सचिवबीच पानी बाराबार

काठमाडौं, ७ कार्तिक । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्,  र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।
पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ । मुख्यत विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् ।
मन्त्रालयका महत्वपूर्ण फाइलहरु पनि त्यत्तिकै अडेकिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
स्वास्थ्य मन्त्रालयमा मन्त्री र  सचिवबीच अधिकांश समय मन्त्रीपिच्छे पानी बाराबारसम्मको स्थिति सृजना हुने गरेको छ । एक हप्ताअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीको जिम्माबाट विनाविभागीय बनेका मन्त्री गिरीराजमणी पोखरेलले आफ्नो ८० दिने प्रगती विवरण सुनाउँदै भने, मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो । असहयोग गर्नेलाई पनि सहयोग गरिरहन्छु ।मन्त्रालयमा धर्ना, जुलुस आउँदा समेत रेग्मी चुप लागेर बस्नुभयो ।
उहाँको काम त वार्ता समिति बनाएर समस्या समाधानका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो ।