समाचार

धनकुटामा अनौठो बच्चाको जन्म, आन्द्रा पेट बाहिरै

धनकुटा, ७ कार्तिक । धनकुटा अस्पतालमा सोमबार पेट बाहिरै आन्द्रा भएको बच्चा जन्मिएको छ । धनकुटा–७ तुलसीकुवा टोलकी १७ बर्षीया रमा लिम्बुले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी हुन् । 
सुत्केरी वेथा लागेपछि बिहान करिव ४ बजे उनलाई जिल्ला अस्पताल ल्याईएको थियो । अस्पताल ल्याएको केही समयपछि नै लिम्बुले पेट बाहिर आन्द्रा निश्किएको छोरी जन्माएको धनकुटा अस्पतालकी नर्सिङ ईन्चार्ज सिला सुब्बाले जानकारी दिनुभयो । उहँ“का अनुसार २ किलो ४ सय ग्राम तौल रहेको बच्चाको नाईटोबाट सानो आन्द्रा, ठुलो आन्द्रा लगायत पेट बाहिरै निश्किएको छ । लिम्बुको यो पहिलो सन्तान हो । बच्चा रुने क्रममा अझ बढी आन्द्रा बाहिर निश्किने भएकाले उपचारका लागि तत्काल काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाईएको जिल्ला अस्पतालले जनाएको छ । 
यस्तो प्रकृतिको बच्चा बिरलै मात्र जन्मने गरेको स्वास्थ्यकर्मीहरु बताउ“छन् । गर्भवती अवस्थामा आमाले आईरन र क्याल्सियम नखाएका कारण यस्तो समस्या देखिने गरेको नर्सिङ ईन्चार्ज सुब्बाले बताउनु भयो । आर्थिक अभावका कारण उपचारका लागि अन्यत्र लैजान नसक्ने अवस्था भएपछि धनकुटा बजार क्षेत्रबाट १७ हजार रुपैया“ आर्थिक संकलन गरी उपचारमा पठाईएको स्थानीय सोवित श्रेष्ठले जानकारी दिनुभयो । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गर्नका लागि पीडित परिवारले सवैमा अपिल गरेको छ ।