विश्व

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा निस्किए

अमेरिका, ७ कार्तिक । अमेरिकी रक्षामन्त्री उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका विषयमा छलफल गर्न एशिया भ्रमणमा निस्किएका छन् । एक साता लामो एशिया भ्रमणको पहिलो दिन म्याटिस फिलिपिन्स आइपुगेका छन् । 
म्याटिसले फिलिपिन्समा हुने दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानका रक्षामन्त्रीहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । म्याटिसले सम्मेलनमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका लागि उत्तर कोरियामाथी कुटनीतिक तथा आर्थिक दवाब दिन एशियाली साझेदारहरुलाई आग्रह गर्ने जनाइएको छ । यसै सम्मेलनमा म्याटिसले दक्षिण कोरियाली तथा जापानी समकक्षीस“ग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । म्याटिसले फिलिपिन्स भ्रमण सकेर थाइल्याण्ड र दक्षिण कोरियाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनँलड ट्रम्पले पनि आगामी महिना चीनसहित एशियाली मुलुकहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।