खेलकुद

इपीएलका लागि खेलाडी किनबेच, ६ टोलीले ६० खेलाडी किने

काठमाडौं, ७ कार्तिक । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताका लागि विभिन्न ६ टीमले ६० जना खेलाडी खरिद गरेका छन् । डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि खेलाडीको खरिद विक्री भएको हो ।

काठमाडौंमा साेमबार भएको अक्सन कार्यक्रममा विभिन्न ६ टिमले ६० खेलाडी खरिद गरेका हुन् । अक्सनमा समुह ए मा रहेका खेलाडीहरु आरिफ शेख, करण केसी, सन्दिप लामिछाने र विनोद भण्डारी सबैभन्दा बढी रकममा बिक्री भए । सुरुवाती मूल्य एक लाख रहेका खेलाडीहरुलाई १ लाख ७५ हजार रुपैया“मा किनियो । आरिफ, विनोद र सन्दिपलाई एकभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाएपछि गोलाप्रथाबाट खेलाडीहरु बा“डिएका थिए । जसअनुसार आरिफ भैरहवा ग्लाडियटर्स, सन्दिप ललितपुर प्याट्रिओट्स र विनोद पोखरा राइनोजमा परे ।

अक्सनमा समावेश कुल ९० खेलाडीहरुलाई तीन समुहमा बर्गिकरण गरिएको थियो । खेलाडीको वर्गिकरणअनुसार समुह एमा कम्तिमा तीन वर्ष राष्ट्रिय टोलीमा खेलेका खेलाडी थिए भने समुह बी मा उमेर समुह खेलेका र राष्ट्रिय टोलीबाट तीन बर्ष भन्दा कम खेलेका खेलाडी समावेस थिए । त्यसैगरी समुह सी मा पा“च वर्ष यता घरेलु प्रतियोगीतामा खेलीरहेका खेलाडीहरु रहेका थिए । अक्सनमा समुह ए बाट १४, बी बाट २८ र सी बाट १८ खेलाडी बिक्री भएका थिए ।