समाचार

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति ६ नेताको यस्तो प्रतिक्रिया

काठमाडौं, ६ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले केही बोल्नेबित्तिकै प्रतिक्रिया जनाइहाल्ने ठूला राजनीतिक दल उनको पछिल्लो अभिव्यक्तिलाई लिएर केही बोलेका छैनन् । यद्यपि, ठूला दलका दोस्रो तहका नेताचाहिँ संविधान कार्यान्वयन तीव्र गतिमा बढिरहँदा शाहका अभिव्यक्तिको खासै अर्थ नभएको दाबी गर्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
पूर्वराजा शाहले भाइटीकाको अवसर पारेर अब टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै आफू जिम्मेवारी र नेतृत्व लिन तयार भएको बताएका थिए .उनले भनेका थिए, ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वाभाविकै छ तर अब समय आएजस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु । तर, सबै जनताको इच्छा हुनुपर्छ ।’
-बिनाविभागीय मन्त्री एवं माओवादी नेता टेकबहादुर बस्नेत पूर्वराजाले मौकाको फाइदा लिन खोजे पनि त्यो असम्भव रहेको बताउँछन् ।
 -एमाले उपाध्यक्ष भीमबहादुर रावल भने चुनावमा प्रतिस्पर्धा गरेर नेतृत्वमा पुग्न सकिने ठाउ“ भएको सुझाव दिन्छन् । 
-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ठूला दलका कारण उत्पन्न राजनीतिक वितृष्णाको प्रतिफलका रूपमा हेर्छन्, पूर्वराजाको अभिव्यक्तिलाई ।
-कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जनताको आदेशबाटै निकालिएको राजलाई जनताको आदेशबाट पुनःस्थापित हुने कुरामा सत्यता नरहेको बताए । 
-एमाले नेता रवीन्द्र अधिकारी शाहको अभिव्यक्तिले कुनै अर्थ नराख्ने बताउँछन् । ‘दलहरूले जनादेशअनुसार राज्य सञ्चालन गर्न नसकेको विकल्प राजा हुनै सक्दैनन्’, उनी भन्छन् ।
-कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कुनै पनि नागरिकलाई आमजनताले सहयोग गरेमा नेतृत्व लिन्छु भन्नु स्वाभाविक कुरा भएको बताउँछन् । भन्छन्, ‘तर, पूर्वराजामा त्यो सम्भावना छैन ।