मनोरंजन

चितवनमा धमाका मच्चाउँदै बलिउड गायक अंकित

चितवन, २२ असोज । बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका लागि नेपाल आउँने भएका छन् । उनी, २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउने भएका हुन् । 
चितवनको क्याम्पस चौरमा आयोजना हुने कन्सटमा अंकितले एक भिडियो सन्देश मार्फत आफ्नो नयाँ म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशन गर्ने छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु समेत सुनाउने कार्यक्रम रहेको छ ।
चलचित्र ‘एक भिलेन’को ‘तेरे गलिया’ बोलको गीतले अंकितलाइ निकै चर्चित बनाएको थियो । कार्यक्रममा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’ख टिमको पनि सहभागीता रहनेछ ।  अंकितले आफ्नो भिडियो सन्देशमा ‘रोमियो’को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र ‘रोमियो’का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । रोमियो चलचित्र २४ कात्तिकबाट देशभर रिलिज हुँदैछ । चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।