न्युयोर्क

उत्तर कोरियाली नागरिकलाई अमेरिकामा ‘नो इन्ट्री’

न्यूयोर्क, असोज । अमेरिकाले नयाँ यात्रा प्रतिबन्ध जारी गरेको छ । जसमा उत्तर कोरिया, भेनेजुयला र चाडका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भेनेजुयलाका लागि भने सरकारका लागि काम गर्ने र उनका परिवारलाई प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाले यात्रा प्रतिबन्धको देशबाट सुडानलाई निकालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । आफूहरु सुरक्षा जाँचमा आश्वस्त नभएसम्म त्यस्ता नागरिकलाई स्वीकार गर्न नसकिने बताएका छन् ।