समाचार

खसीबोका किन्दै हुनुहुन्छ ? रङ हेरेर किन्नुहोस्

काठमाडौं, ६ भदौ । दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ?  ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ ।
काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर कासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्याएको हो । बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस । 
मासु खानका लागि योग्य खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ । अस्वस्थ्य खसीबोकालाई रातो संकेत लगाइएको छ ।