मनोरंजन

फरक ढंगबाट गुञ्जिए अमर बिरही

काठमाडौं, असोज । नेपाली लोक संस्कृति तथा कला संस्कृतिको जगेर्ना गर्नका लागि बरिष्ट लोक तथा दोहोरी गायक अमर बिरही गुरुङद्वारा ‘नेपाल टेलिकम अमर बिरही एकल साँझ–२०७४’ सम्पन्न भएको छ ।
शनिबार राजधाननीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलाधीस्थित आफ्नो एकल गायन ‘अमर बिरही एकल साँझ–२०७४’ लिएर अाए । बिरहीको एकल साँझ अन्य गायक÷गायिकाको एकल साँझ भन्दा निकै फरक रहेको थियो ।
तमु गुरुङ कलाकार संघको आयोजनामा सम्पन्न भएको ‘नेपाल टेलिकम अमर बिरही एकल साँझ’मा बिरहीले आफ्नो जीवनमा समावेश तथा आफूले रचना गरेको चर्चित गीतहरु प्रस्तुत गरे । चार दशकभन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी प¥यो ताल, खोलि रसायो, स्याउली पलाईछ, गुरुङ गीतलगायतका गीतहरु सुनए । उनको शब्द तथा लय रहेका करिव आधा दर्जन गीतहरुमा नृत्य पनि देखाईको थियो ।
राष्ट्रिय लोक दोहोरि गीत प्रस्तिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषदको बिषेश सहयोगमा सम्पन्न उक्त साँझमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गरुङ प्रमुख अतिथि थिए । त्यस्तै, एनआएन केन्द्री उपाध्यक्ष भगवन भट्ट, तमू ह्युला छोंझधी गुरुङका अध्यक्ष रेशम गुरुङ, तमू (गरुङ) कलाकार संध नेपालका अध्यक्ष राजु गुरुङ, बरिष्ट गायक तथा निर्देशक नारायन रायमाझी, दुर्गा रायमाझी, गायक पुरुषोतम न्यौपाने, बद्री पंगेनी, गायिका शर्मिला गरङ, मुना लथापा मगरलगायतको आतिथ्यमा कार्यक्रम भएको थियो ।
नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको उक्त कार्यक्रमलाई कार्यत्रमका सदस्य सचिव तथा गायक गणेश गुरुङ र संचारकर्मी तथा गायक सागर गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा अतिथिहरुलाई फेटा, भाङ्रा, पछेउरीलगायत गुरुङ भेष  लागाईदिईएको थियो । गोरखा दक्षिणबाहु चौँथो जस्ता पुरस्कार हात पारिसकेका अमरलाई उक्त साँझमा राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालले दुई लाख २० हजारमा माला लगाई सम्मान गरेका थिए भने अमरलाई सयौँको संख्यामा हकलाकार, आफन्तजनलगाएतले बधाई दिनुका साथै सम्मान गरेका थिए । उनको साँझ हेर्दा र उनलाई सम्मना गर्नेको लर्को देख्दा कुनै मन्त्री पद सम्हाल्दै गरेको मन्त्रीकोभन्दा कम थिएन ।
कार्यक्रममा केही दिनअघि निधन भएका ठाडो भाकाका शिरोमणि दीर्घराज अधिकारी उर्फ भेडीखर्के साईलाको सम्झना स्वरुप प्रत्यक्ष ठाडो भाका गाइएको थियो । जसलाई बुद्धिमान दुरा ‘धम्फु’, हरिमाया गुरुङ, सीता गुरुङ र साथीहरुले गायका थिए ।