समाचार

मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा ७३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ८ वटा जिल्लामा गरेर ७३ प्रतिशत मत खसेको छ । ८ वटै जिल्लामा अत्यन्त शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अायुक्त डा. अयोधि प्रसाद यादवले जानकारी दिए ।
मतदान कार्य बेलुकासम्म जारी थियो । प्रदेश नं. २ का १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।