खेलकुद

हङकङलाई हराउँदै नेपाल यु–१९ एसिया कपका लागि छनोट

काठमाडाैं, १ असाेज । एसीसी यू–१९ एसिया कप छनोटको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनाेट भएकाे छ ।  एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा नेपाललाई हङकङले जितका लागि ७७ रनको लक्ष्य दिएको थियो । ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ ओभर खेल्दै ५ विकेटको लक्ष्य भेटाउन सफल भएको हो । फाइलनमा जित हात पार्दै नेपाले यु–१९ एसिया कपमा छनोट भएको छ । 

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाएको हो । खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर  राग कपुरलाई सुन्य रनमा गुमाएको थियो । उनलाई नेपालका नन्दन यादवले पहिलो ओभरको पाँचौ बलमा पेभेलियन फर्काएका थिए  । हङकङलाई कम स्कोरमा रोक्न नेपाली बलर शाहव आलम र सन्दिप लामिछाने समान ३ – ३ विकेट लिए  । त्यस्तै कप्तान दिपेन्द्र सिंह एरी र नन्दन यादवले समान १ – १ विकेट लिए । 

एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुनेछ । इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।  सेमिफाइनलमा भने नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।  यता, छनोटको समूह बि मा रहेको हङकङ पनि समूह बिजेता बन्दै  सेमिफाइनलमा पुगेको थियो । र, सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।