राजनीति

प्रतिनिधि र प्रदेश सभा निर्वाचन कार्यक्रम

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । 
आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि संव्त २०७४ साल भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कात्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय आयोगले गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।