समाचार

आयल निगम घोटालामा संलग्नलाई कारबाहीको माग

काठमाडौं, २६ भदौ । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्।  निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार र अख्तियारको ध्यानाकर्षण गराएका छन् ।
आयल निगमको जग्गा खरिदमा सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दा पनि कारबाही नगर्नु आपत्तिजनक भएको सुशासन समितिका सांसद अकबाल अहमद शाहले बताए।