समाचार

मुस्ताङ मालामाल, स्याउको उत्पादन बढ्यो

मुस्ताङ, २५ भदौ । स्याउको राजधानी भनेर चिनिने हिमाली जिल्ला मुस्ताङमा यस बर्ष स्याउको उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो ।

यस वर्ष अनुकुल मौसम र नयाँ बोट थपिएकाले बढ्ने अनुमान गरिएको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए । मुस्ताङको कोवाङ, टुकुचे, मार्फत, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङको एक हजार ११६ हेक्टरमा स्याउ खेती भएको छ । ३७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ । रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलीसियस जातको स्याउ खेती गरिएको छ ।

गत वर्ष २३ करोड रुपैया मूल्य बराबरको तिन हजार २०० मेट्रिक्टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैचामा फलेका स्याउ ब्यापारीले अग्रीम पैसा दिएर खरिद गरिसकेका छन् । म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादीङ, काठमाडौ, चितवन लगायतका सहरबाट आएर ब्यापारीले बगैचाबाट टिप्नु अघिनै बोटबाटै स्याउ खरिद गरेका थासाङ गाउँपालीका २ कोवाङका बसन्त शेरचनले बताए ।

भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भएपनि कतिपय ब्यापारीले पाक्नु अघिनै स्याउ बजार पु¥याउन थालेका छन् । स्वच्छ वातावरणमा उत्पादीत मुस्ताङको स्याउ स्वादीलो र रसीलो हुनाले बेनी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौ, लगायतको बजारमा मुस्ताङको स्याउ निकासी हुने गरेको छ ।

वि.स २०६४ मा बेनी जोमसोम सडकको ट्याक खुलेपछि किसानमा उत्साह र जाँगर पलाउनुका साथै स्याउ खेतीमा तापक्रम बदलिदो हुनाले चुनौती पनि रहेको छ ।