विश्व

मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिको, २३ भदौ । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहिबार राती भूकम्प गएको हो । यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

भूगर्भ विभागका अनुसार जमिनबाट ३३ किलोमिटर तल केन्द्रविन्दु रहेको थियो । भूकम्पपछि विभिन्न स्थानमा सुनामीको चेतावनी दिइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।