विश्व

अल सबाबको आक्रमण, २६ मारिए

सोमालिया, १९ भदौ । सोमालीया लडाकु सुमुह अल सबाबले सोमाली सैन्यको शिविरमा आक्रमण गर्दा २६ जनाको ज्यान गएको छ ।सोमालीयको तटीय शहर किस्मायू नजिकै रहेको सेनाको शिविरमा आक्रमण गरेको अल सबाबले जनाएको छ । 
अल सबाबले शिविरमा बम विष्फोट तथा गोलाबारी गरेको सोमाली सैनिक अधिकारीले जनाएका छन् । तर, अल सबाबको आक्रमणमा कति सोमाली सैनिक मारिए भन्नेबार सोमाली सेनाले तथ्याङ्क उपलब्ध गराएको छैन । शिविरमा सोमाली सेना र स्थानीय जुबाल्याण्ड अर्ध–स्वायत्त क्षेत्रका सैनिकहरु रहेको जनाइएको छ । 
आक्रमण पछि अल सबाब लडाकुले हतियार, गोलीगठ्ठा तथा सवारी साधन लुटेको जनाएका छन् । आतंकवादी संगठन अल कायदासँग आबद्ध रहेको अल सबाबले सोमालियामा इस्लामिक कानून लागू गराउन भन्दै युद्ध गर्दै आएको छ ।