न्युयोर्क

लस एन्जलसमा भीषण आगलागी

न्यूयोर्क, १९ भदाै ।  अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको लस एन्जलस शहर आसपास भीषण आगलागी भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा इतिहासकै सबैभन्दा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमा आपतकालिन अवस्था घोषणा गरिएको छ । लस एन्जलसको ग्लेनडेल र बुरब्याक क्षेत्रका सयौं घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 
शुक्रबार ला टुन क्यानयोनबाट सुरु भएको आगलागी अहिले पाँच हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको छ ।  आगलागीका कारण तीनवटा घर जलेर नष्ट भएका छन् । यस्तै त्यसक्षेत्रको मुख्य बाटो द २१० फ्रिवे बन्द गरिएको छ । लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको भइरहेको छ । 
ला टुना नाम दिइएको डढेलो निभाउन ५ सय अग्नी नियन्त्रक प्रयोग गरिएका छन् ।