विश्व

उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’ !

एजेन्सी, १८ भदौ । उत्तर कोरियाले फेरि एक परमाणु बम बनाएको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरिसकेको जनाएको छ । समाचार संस्थाका अनुसार उत्तर कोरियाले बनाएको बम हाइड्रोजन बम हो । उत्तर कोरियाली नेता उनले परमाणु हतियार विकासका लागि वैज्ञाननिकहरुलाई निर्देशन समेत दिएको जनाइएको छ । उत्तर कोरियाले आफूले बनाएको भनेको हाइड्रोन बमको भने पुष्टि भइसकेको छैन ।