चलचित्र

‘सेतो सूर्य’ ओस्कारमा भिड्ने

काठमाडौ, भदौ । चलचित्र ‘सेतो सूर्य’ले यसबर्षको ‘ओस्कार अवार्ड’का लागि छनोट भएको छ । दुई चलचित्र बिजुली मेसिन र सेतो सूर्यले ओस्कार अवार्डमा छनोटका लागि दिएको निवदेन अनुसार अब नेपालबाट ओस्कारका लागि सेतो सूर्यले प्रतिनिधित्व गर्ने छ । 
दीपक रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रले ‘विदेशी भाषी विधातर्फ’ ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्नेछ । ओस्कारको नेपाल छनोट टिमले यो चलचित्रलाइ विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्डको प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो । अस्कर अवार्डका लागि नेपाली चलचित्र ‘बिजुली मेसिन र सेतो सूर्य’ले निवेदन दिएका थिए ।
दयाहाङ राइ, रविन्द्रसिंह बाँनियाको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वमा आयोजना भएका थुप्रै चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । नेपालमा भने व्यापारिक रुपमा यो चलचित्र असफल भएको थियो । यो चलचित्रले नेपालमा भएको एक दशक लामो द्वन्द्वको समयमा एक मृतकलाइ घाटमा लैजान देखिएको समस्यालाइ मार्मिक ढंगले उठान गरेको छ ।