समाचार

डा.केसीका शिष्यहरूबाट स्वास्थ्य शिविर

काठमाडौ , ५ भदौ । तराईक्षेत्रमा आएको बाढीपहिरोका कारण हजारौं जनता विस्थापित भएपछि आफ्नो ११ औं अनसन स्थगित गरेका डा. गोविन्द केसीको आकांक्षाबमोजिम राजधानीमा कार्यरत उनका चेला डाक्टरहरुको ‘आकस्मिक स्वास्थ्य टोली’ले बाढीपीडित जिल्लामा गएर राहत बाँड्नुको साथै निशुल्क स्वास्थ्य शिवीर सञ्चालन गरेर फर्केका छन् । 

डाक्टर्स सोसाइटी अफ नेपाल ‘डिसन’ मा आवद्ध चिकित्सकहरुको संस्था रेजिडेण्ट एशोसियसन अफ न्याम्स, नेशनल रेसिडेण्ट डाक्टर्स एशोसियसन र गर्भनमेण्डट डाक्टर एशोसियसन गोडान का चिकित्सक तथा स्वास्थयकर्मीको टोलीले वाढीपीडित जिल्ला रौतहटको डुमरिया गाउँपालिका वडा नं ९ को मुसहर वस्तीमा गएर राहत बाँडनुको साथै त्यहाँ एकदिने निशुल्क स्वास्थय शिवीरको आयोजना गरि निशुल्क औषधि वितरण गरिएको टोलीमा सहभागी वीर अस्पतालका डा.राम थापा क्षेत्रीले बताए । 

सो टोलीमा वालरोग शिवोष्ज्ञ डा दिनेशप्रसाद कोइराला, जनरल सर्जन डा. अन्जनसिंह कार्की, मेडिकल अधिकृत डा. राम थापा क्षेत्री, मेडिकल अधिकृत डा. शरु भटट्राई, पब्लिक हेल्थ नर्सद्धय कृपा श्रेष्ठ, संगीता बाटाजु र सामाजिक अभियन्ताद्धय ब्रिज थापा र कमल सुवेदी सहभागी थिए । 

उनीहरुले सो ठाउँका ५सय १२ जनाको स्वास्थय परीक्षण गरि निशुल्क औषधि वितरण गरेका थिए । शिवीरमा केटाकेटीमा भाइरल ज्वरो, निमोनिया र आँखासम्वन्धी रोग तथा बुढाबुढीमा ढाड दुख्ने समस्याको साथै ४ जना विरामीलाई आकस्मिक चिकित्सा सेवा उपलब्ध गराएको डा. क्षेत्रीले बताए । 

यसैगरि डाक्टर्स सोसाइटी अफ नेपाल डिसन अन्तर्गतको आकस्मिक स्वास्थ्य टोलीकी संयोजक डा.तोसिमा कार्कीको नेतृत्वमा गएको स्वास्थयकर्मीको अर्काे टोलीले बाढीपहिरो प्रभावित अर्काे जिल्ला सुनसरीमा गएर निशुल्क स्वास्थ्य शविीर सञ्चालन गरी ६ सय ७२ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरि औषधि बाँडेर फर्केको छ । टोलीमा डा. दिपेन्द्र पाण्डे, डा.कालु सिंह खत्री, डा.बम बिसी, डा. मधुसुदन पाण्डे लगायत सहभागी थिए ।