चलचित्र

अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सवको तयारी तिब्र

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव गर्न लागेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको चलचित्र महोत्सव आगामी अगष्ट ११ देखि १३ तारिखसम्म चल्लने छ । 

फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले महोत्सवको तयारीका बारेमा जानकारी दिनुभयो । उहाले मूलधारे चलचित्रहरुको भिँडमा आदिवासी जनजाति र सिमान्तकृत जातिहरुकोे कला, भाषा र संस्कृतिलाई आधार बनाएर निर्माण भएका कैयौं चलचित्रहरुले उचित बजार, विकास र प्रर्वद्धन नपाई रहेको अवस्थामा यी र यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राविधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सबिस्तार पहुँच बढाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनु भयो । फिप्नाले यो महोत्सवलाई हरेक बर्ष विश्व आदिवासी दिवसको अवसरमा नियमित कार्यक्रमको रुपमा आयोजना गर्ने समेत घोषणा गरेको छ । 

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विगत ५ बर्षभित्र निमार्ण भएका १५ (बढिमा) वटा बिभिन्न जाति र समुदायको कला, भाषा र संस्कृतिमा आधिारित आदिवासी जनजाति चलचित्रहरुको प्रर्दशन गरिनेछ । चलचित्र छनौटको लागि नेपालमा बरिष्ठ चलचित्रकर्मी नविन सुब्बाको संयोजनमा प्रारम्भिक छनौट समिति गठन गरिसकिएको र उक्त समितिले काम शूरु गरिसकेको जानकारी आयोजक दिएका छन् । छनौटमा परेका अन्तिम चलचित्रहरुलाई अगस्त ११ र १२ तारिख न्युयोर्कमा प्रर्दशन गरिने र अगस्ट १३ तारिख एक समारोहबीच बिभिन्न ९ विधामा पुरस्कार तथा अवार्ड वितरण गरिनेछ । 

महोत्सवको मुख्य आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) रहनेछ भने सह–आयोजकमा फिप्नासँग आवद्ध सदस्य संस्थाहरु, नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क, आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी र ईन्डिजिनियस फिल्म अकाईभ (आईफा) रहनेछ । यसैगरी महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डले बिशेष सहयोग गर्ने बताईएको छ । 

‘महोत्सवमा सहभागिताको लागि बिभिन्न जाति र समुदायबाट विगत ५ बर्षभित्र निमार्ण भएका आदिवासी चलचित्रहरुले दर्ता गर्न पाउनेछन् । दर्ता भएका चलचित्रहरु मध्येबाट सम्बन्धित जाति वा समुदायको चलचित्र संघ वा संगठनले बढिमा ५ चलचित्रहरु नेपालस्थित प्रारम्भिक छनौट समितिको सचिवालयलाई पठाउनु पर्नेछ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘बिभिन्न जाति वा समुदायबाट छनौट भएका चलचित्रहरुलाई प्रारम्भिक छनौट समितिले बढिमा ३ चलचित्रहरुको छनौट गर्नेछ । छनौट भएका चलचित्रहरुलाई अन्तिम छनौटको लागि महोत्सव आयोजक फिप्नालाई पठाउनु पर्नेछ ।’

महोत्सवको उद्घाटन तथा चलचित्र प्रदर्शन अगष्ट ११ तारिख शुक्रबार दिउँसो १ बजे ज्याक्सन हाईट स्थित शेर्पा किदुगको भवनमा हुनेछ । जुन कार्यक्रम बेलुकी ७ बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । 
त्यस्तै महोत्सवको दोश्रो दिन शेर्पा किदुग कै भवनमा चलचित्र प्रदर्शन गरिने र तेश्रो दिन कुईन्स प्यालेसमा पुरस्कार तथा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएका छन् । 

महोत्सव मूल आयोजक कमिटिः
लुईसाङ वाईबा तामाङ ः अध्यक्ष
डिकी शेर्पा ः सदस्य
मंगलदास श्रेष्ठ ः सदस्य
राजकुमार विष्ट ः सदस्य
विजयमान सिं ः सदस्य
विजेता लिम्बु ः सदस्य
नाङसाङ शेर्पा ः सदस्य
भरत मोक्तान तामाङ ः सदस्य
छेपक दोर्जे गुरुङ ः सदस्य
दीपेश लिम्बु ः सदस्य
मान बहादुर रानामगर ः सदस्य
समीर महर्जन ः सदस्य
अर्जुन गुरुङ ः सदस्य
शान्त थोकर ः सदस्य
भारती राई ः सदस्य
सुमन पुन मगर ः सदस्य
शेरजंग गुरुङ ः सदस्य 
छिमी ग्याट्सो ः सदस्य
छिरिङ राप्घे लामा ः सदस्य
धर्मेन्द्र गोपाली ः सदस्य
दावा ह्योल्मो ः सदस्य

स्टेरिङ्ग कमिटि
मणी बाङ्देल ः संयोजक
प्रेम गुरुङ ः सदस्य
राजकुमार विष्ट ः सदस्य
कुलदीप रानामगर ः सदस्य
निमा शेर्पा ः सदस्य
बिनोद पोमो ः सदस्य
रोज लामा ः सदस्य
मीरा गुरुङ ः सदस्य
ङिमा पाख्रिन ः सदस्य
बिनिता तामाङ ः सदस्य
प्रशान एलुङ राई ः सदस्य 

उपसमिति 
प्रेम गुरुङः आर्थिक संयोजक
        क) राजकुमार विष्ट
        ख) लक्यान लामा
        ग) मंगलदास श्रेष्ठ
        ङ) बिरेन्द्र लिम्बु
        च) नाङसाङ शेर्पा
        छ) रामकुमार राई
कुलदिप रानामगरः  समुदाय परिचालन
        क) झरना शेर्पा
        ख) अमर तामाङ
        ग) विजय मर्हजन
        घ) बसन्ती राई
संचार संयोजक : गोकुल श्रेष्ठ