कला-साहित्य

चार मुक्तक

न मलाई कवि भनाउनु छ
न मलाई छवि बनाउनु छ
मात्र तिमीलाई मनाउनु छ
रेट्यौ जो मेरो भित्री तार, अब
हृदयको झंकार तिमीलाई नै सुनाउनु छ । 

भगवानमा मेरो पुकार थियो
दुई हात जोडिएको नमस्कार थियो 
मैले बोलाएँ तिमी आयौ
यो नै मलाई उनको उपहार थियो ।

उनलाई पाउन म यति मगज खियाउँछु
था’छैन उनलाई म कहाँ कहाँ चियाउँछु
त्यो सौंन्दर्य र यौवनको हिमालमुनि म यति लिन छु
लाग्छ, उनको तपस्या गर्दा गर्दै शीघ्र समाधि पाउँछु ।
.
स्याल कराउनु र कुखुरा हराउनु त ठीकै हो
प्रेम दिवसमै जोडी हराउनु चैं ब्ल्याक बेल्ट किकै हो
जवानीको बेथा–बोलीको झारफुक ! ?
आपूर्ति शून्य थियो माग भने निकै हो ।

-सुनाहाङ लोहोरूङ राई 
बेलबारी न. पा.–७, मोरङ
हालः धनकुटा