कला-साहित्य

लघुकथा : औचित्य

स गर्नु ऊ आफ्नो अधिकार र दायित्व ठान्छ र प्रस्तावित एजेण्डामाथि अझ जोडदार बहस गर्न थाल्छ । कुनै शीर्षकमा संशोधन पेस गर्छ । चित्त नबुझेको बिषयमा नोट अफ डिसेन्ट लेख्छ । तर अझै पनि उसका सहप्रतिनिधिहरु चुपचाप बस्नमै आनन्द मानिरहेका छन् । अचानक उसको कानमा नेपथ्यमा गुनगुनाएको र खासखुस गरेको अस्पष्ट आवाजहरु ठोकिन पुग्छन् । 
‘सायद त्यहाँ कुनै ठुलै उच्च संयन्त्र हुनुपर्छ’ मनमनै अन्दाज लगाउँछ ऊ ।
नभन्दै केहीबेरमै सम्पूर्ण सहभागीहरु मध्यान्हको चर्को घाममा घरबाहिर निक्लेका मौरीहरू झैँ सल्बलाउन थाल्छन् र एकाएक समर्थनका ताली पड़काउँछन् । ऊ झनै अचम्मित बन्छ । शंसोधन र थपघटको कुरा त परै राखौ कुनै खुल्ला छलफल र बहस बिनै एउटा रेडिमेड दस्ताबेज पारित गर्दै टुंगिएको त्यो गोलमेच सम्मेलनमा ऊ मुकदर्शक बनेर आफ्नो सहभागिताको औचित्य खोज्न थाल्छ ।
- हेमन्त परदेशी
ताप्लेजुङ