कला-साहित्य

कविता- दिल दुखी जन्तरे...

तिमी जस्तै तिम्रो तस्वीरले मलाई रुवायो
याद आउँदा हेर्नु भन्थ्यौ आसुँमा डुवायो
राख्नलाई राखेको छु सजाएर सिरानीमा
हेरिरहन्छु एकोहोरो यो एक्लो विरानीमा
कहिले भ्रममा परी चिच्याएर बोलाउछु
होसमा आउँदा झस्किएर त्यसै त्यसै टोलाउछु
परदेशमा हेर्न भनि ल्याएथे तिम्रो तस्वीर
जति हे¥यौ दुःख लाग्ने झनै बद्ने मनमा पीर
सन्त्वनाको के कुर झल्को आउँछ गहिरो
आँसु झर्छ साउने झरी मनमा चल्छ पहिरो

दिल दुखी जन्तरे...  
तेह्रथुम
हालः मलेसिया