कला-साहित्य

  • तीन मुक्तक

    तीन मुक्तक आज भोलि मेरो समय खराब भएको छ हाँस्न खोज्यो रुनै पर्ने दबाब भएको छ पलपल जसको लागि एक्लै मर्दैछु यहाँ उहीबाट सान्त्वनाको अभाव भएको छ ।

    Read More

  • मरिससका निमित्त राष्ट्रपतिबाट रुक्मिणी सम्मानित

    मरिससका निमित्त राष्ट्रपतिबाट रुक्मिणी सम्मानित काठमाडौं । विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली, हिन्दी र अंग्रेजी भाषा साहित्यमा कलम चलाउँदै आएकी काठमाण्डौंकी साहित्यकार रुक्मिणी ‘पगली’ भण्डारी गणतन्त्र मरिससमा ‘नेपालको गौरव’बाट सम्मानित भएकी छिन् ।

    Read More

  • विरेन्द्र र विजेताको ‘अनमोल’ सार्वजनिक

    विरेन्द्र र विजेताको ‘अनमोल’ सार्वजनिक काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका गीतकारद्वय विरेन्द्रहाङ लाबुङ लिम्बू र विजेता थेबे लिम्बूले आधुनिक गीति एल्बम ‘अनमोल’ बजारमा ल्याएका छन् । अमेरिकामा बस्दै आएका विरेन्द्रहाङ र विजेताले नेपाली गीत संगीतलाई भुल्न सकेका छैनन् । व्यस्त जीवनका बावजुत पनि उनीहरुले नेपाली गीत संगीतलाई माया देखाएकै छन् । त्यही मायाको उपजहो उनीहरुको ‘अनमोल’ ।

    Read More

  • दीपिकाको मोडलिङमै जम्ने रहर

    दीपिकाको मोडलिङमै जम्ने रहर काठमाडौं । राम्रो बन्ने, नाम कमाएर चर्चामा आउने रहर सबैमा हुन्छ । अझ सिने संसारमा लागेकाहरुको कलाकारितामै स्थापित हुने रहर कस्को नहोला र ? यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाइ स्थापित गराउन अगाडी बढदै गरेकी छन् नब मोडल दीपिका भट्ट ।

    Read More

  • साम्राज्ञीको भाउ एका एक किन बढ्यो ?

    साम्राज्ञीको भाउ एका एक किन बढ्यो ?  काठमाडौं । ड्रिम्सबाट ठूलो पर्दामा देखिएकी नव नायिका साम्राज्ञी राज्य लक्ष्मी राणा महँगी सावित भएकी छन् । उनले जति डिमाण्ड गरेपनि निर्देशक तथा निर्माताले पैसा दिन तयार भएपछि उनी महँगी सावित भएकी हुन् । नयाँ हिरोइन भएर पनि पुराना हिरोइन भन्दा बढी पैसा लिनुले उनको काममा केही विशेष भएको चलचित्र निर्माताहरुको बुझाइ छ । उनको चलचित्र नगरीमा एका एक भाउ बढ्नुमा उनको अभिनय नै प्रमुख हो । सुन्दर अनुहार, अभिनयमा अब्बल, दर्शक मन मस्तिष्कमा बस्न सफल भएपछि रातारात उनको भाउ आकासिएको हो ।

    Read More

  • सपना र सत्य म

    सपना र सत्य म भारिकाभारी सल्लाको पतकर बोकेर शेल्मेको गोठमा चौरी पालेर बस्ने मान्छे घङ्गरु र चुत्रोको घारि फाडेर खोरिया खरबारिमा रमाइ बस्ने मान्छे अचानक एकदिन, बहुरङ्गी सपना सजिएर आँखामा खै के के चाहना पलाएर मनमा खोरियाको आलु नखनि भस्मेमा कोदो नरोपी काफलको बोट र बुकीफूललाई लत्याइ राखेर फेङ्माचुली मुलडाँडालाई समेत नाघेर आईपुगे राजाधानी ! देखिरहेछु राजाधानी छातीमा थोत्रा सिलवरको बटुको फिजाइएको छन् जहाँ लडिरहेकाछन् हजारौ भोका पेटहरु नजिकै भजन गाउदैछन् आँफैले देवताको डमी बनाएर उसैसित तर्सिरहेका भक्तजनहरु रोइरहेछिन बर्सेनी दर्जनौ आयोजना हुने सुन्दरी प्रतियोगितामा शरिरको लम्बाइ चौडाइ नापेर कथित बिजेता घोषणा पश्चात उधरो क्राउन शिरमा सजाइ पुनस् गुमनाम भएकी एक सुन्दरी, कोही बनिरहेछन् यहाँ - महात्मा साँधु ! कसैलाई बोलाईन्छन् यहाँ - नगर बधु !

    Read More

  • देश छाड्दै गर्दा

    कोलोराडो

    देश छाड्दै गर्दा देश छोड्नुको पिडा त मलाई पो थाहा छ जसरि समयले मान्छेलाई छोड्छ बचेराहरु गुडमै माउले छोड्छ अनी एक्लिन्छ मन अभाब , पिडामा हो देश छोड्नुको पिडा त मलाई पो थाहा छ । जसरि बिहानै पदेरिमा गाग्रो भरी पानी भरिन्छ रातो माटोले पोतीनछ पिडी कलिलो घामले बनाएको पहाडको सिमारेखा हरु खोला , खोल्सी ,डाडाहरुले छुटाएको बस्ती हरु यहाँ पो सम्झनामा साच्चै देश भेटिन्छ ।

    Read More

  • मनको भूमिसुधार

    हिजो जस्तो लाग्छ ती विशाल हृदयका पाटाभरि लुकामारी खेलेको स्वतन्त्र भई मनका आकाशमा बादलसरी माथि माथि उडेको न कुनै साँध थियो त्यहाँ न त कुनै सीमाना थियो न कुनै बाधा थियो न त कुनै बन्धन स्वतन्त्रता थियो त्यसैले स्वतन्त्र हुनु थिएन, फराकिला थिए ती मनका भिरपाखाहरू खुल्ला थिए बारीका फाँटहरू

    Read More

  • कविता चोइटिएको घाम

    संसारकै मान्छेहरूको भीडले खचाखच यो शहर... कयौं पटक, हजारौं प्रहर आफूले आफैलाई हराएँ यहिनेर तर हराउन सकिएन दुःखले बाँच्नुको बाध्यता जिन्दगीका तिता मीठा पलहरूको फेहरिस्ता टेक्दै किरिङ मिरिङ भाग्य रेखाहरूलाई मिलाउन खोज्दै ‘अर्थ’को हजारौं बाटोहरूले गिजोली रहनुको अर्को नाम रहेछ सायद, ‘जिन्दगी’

    Read More

  • दिप्सनले बाबाहरुलाई बबाल नचाए ( भिडियो सहित)

    दिप्सनले बाबाहरुलाई बबाल नचाए ( भिडियो सहित) काठमाडौं । यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई चर्चित गायक बादल प्रसाईले निर्देशन गरेका हुन् । भिडियोमा बादलको निर्देशकीय क्षमता अब्बल देखिएको छ ।

    Read More