चलचित्र

  • आर्यन र रेखाको कस्तो केमेष्ट्री ?

    आर्यन र रेखाको कस्तो केमेष्ट्री ? काठमाडौं, भदौ । कात्तिक २ गतेलाई प्रदर्शन मिति लक गरिएको आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्वन्द्व समावेश छ ।

    Read More

  • हल–हलमा ‘२ रुपैयाँ’

    हल–हलमा ‘२ रुपैयाँ’ काठमाडौं, भदौ । यो शुक्रबार नेपाली सिनेमा घरहरुमा चलचित्र २ रुपैयाँ प्रदर्शनमा आएको छ । यो साता अरु कुनै चलचित्र रिलिज नभएकोले यो चलचित्रले एकछत्र राज गर्ने भएको छ । तर, गत हप्ता रिलिज भएको ए मेरो हजुर २ को चार्म पनि बाक्लै रहेको हुँदा ‘२ रुपैयाँ’का लागि केही चुनौती भने छ ।

    Read More

  • ‘नीरफूल’मा दयाहाङको जोडी रेखा !

    ‘नीरफूल’मा दयाहाङको जोडी रेखा ! काठमाडौं, भदौ । छायांकनरत चलचित्र नीरफूल निर्माण युनिटले चलचित्रको ७० प्रतिशत छायांकन सकिएको जनाएको छ । संचारकर्मी, कवि एवं कथाकार फूलमान बलले निर्देशनमा निार्माण भइरहेको चलचित्रमा अहिलेका चल्ती नायक दयाहाङ राई र सदाबहार नायिका रेखा थापाको जोडीलाई देख्न पाइनेछ ।

    Read More

  • ‘सेतो सूर्य’ ओस्कारमा भिड्ने

     ‘सेतो सूर्य’ ओस्कारमा भिड्ने काठमाडौ, भदौ । चलचित्र ‘सेतो सूर्य’ले यसबर्षको ‘ओस्कार अवार्ड’का लागि छनोट भएको छ । दुई चलचित्र बिजुली मेसिन र सेतो सूर्यले ओस्कार अवार्डमा छनोटका लागि दिएको निवदेन अनुसार अब नेपालबाट ओस्कारका लागि सेतो सूर्यले प्रतिनिधित्व गर्ने छ ।

    Read More

  • चलचित्र ‘२ रुपैयाँ’को रोचक तथ्य खुलासा

    चलचित्र ‘२ रुपैयाँ’को रोचक तथ्य खुलासा काठमाडौं, ७ भदौ । भाद्र २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’को विषयमा निर्माण पक्षले निर्माण गर्दाका केही रोचक कुराहरु खुलाएको छ । झण्डै चार वर्ष अघि २०७० मा ‘कर्कश’ फिल्मको प्रदर्शनको लगत्तै कलाकार आशिफ शाहले ‘२ रुपैयाँ’ को खाका तयार पारेको जनाएका हुन् ।

    Read More

  • उल्झनका लागि ध्रुव र वेनी नेपालमा, काम धमाधम

    उल्झनका लागि ध्रुव र वेनी नेपालमा, काम धमाधम काठमाडौं, साउन । नेपाली चलचित्रलाई बेलयात र बेल्जियममा बसेर पनि नजिकबाट माया गर्ने दुई निर्माता कलाकार यतिबेला काठमाडौंमा निकै सक्रिय रहेका छन् । निर्माता तथा कलाकार वेनीज्योति ढुंगान विगत लामो समयदेखि बेल्जियममा बसेर व्यापार व्यवसया गर्दै समाजसेवामा लागेका कलाकार हुन् ।

    Read More

  • अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सवको तयारी तिब्र

    अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सवको तयारी तिब्र न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव गर्न लागेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको चलचित्र महोत्सव आगामी अगष्ट ११ देखि १३ तारिखसम्म चल्लने छ । फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले महोत्सवको तयारीका बारेमा जानकारी दिनुभयो । उहाले मूलधारे चलचित्रहरुको भिँडमा आदिवासी जनजाति र सिमान्तकृत जातिहरुकोे कला, भाषा र संस्कृतिलाई आधार बनाएर निर्माण भएका कैयौं चलचित्रहरुले उचित बजार, विकास र प्रर्वद्धन नपाई रहेको अवस्थामा यी र यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राविधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सबिस्तार पहुँच बढाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनु भयो । फिप्नाले यो महोत्सवलाई हरेक बर्ष विश्व आदिवासी दिवसको अवसरमा नियमित कार्यक्रमको रुपमा आयोजना गर्ने समेत घोषणा गरेको छ ।

    Read More

  • न्यूयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

    न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ गर्ने भएको छ । आगामी अगष्ट ११, १२ र १३ तारिखमा आयोजना गरिएको महोत्सवको तयारी तिब्र पारिएको महोत्सव आयोजक समितिका संयोजक मणि वाङ्देलले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का बरिष्ठ उपाध्यक्ष वाङ्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो ।

    Read More

  • गुरुङ चलचित्र ‘मैरिमो’ को प्रिमियर शो न्यूयोर्कमा

    गुरुङ चलचित्र ‘मैरिमो’ को प्रिमियर शो न्यूयोर्कमा न्यूयोर्क । गुरुङ चलचित्र ‘मैरिमो’ (मिस यू) को पहिलो प्रिमियर शो न्यूयोर्कमा सम्पन्न भएकोछ । गुरुङ भाषा, कला, संस्कृति र गाउँको पीडा समेटेर निर्माण गरिएको चलचित्रको न्यूयोर्कको कुईन्स स्थित गुल्सन टेरेसमा पहिलो प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा उपस्थित भएका अधिकांश दर्शकले मनोरञ्जनका साथै गाउँघरको वास्तविकता चलचित्रले पस्कन सकेको बताएका थिए ।

    Read More

  • चलचित्र ‘कीर्तिपूर’ न्यूयोर्कमा प्रदर्शन

    चलचित्र ‘कीर्तिपूर’ न्यूयोर्कमा प्रदर्शन न्यूयोर्क । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपूर’ न्यूयोर्कको ज्याक्सन हाईटमा प्रदर्शन भएको छ । नेवाः गुठी अमेरिकाले ज्याक्सन हाईटस्थित शेर्पा किदुकको हलमा आईतबार चलचित्र प्रदर्शन गरेको हो । चलचित्र ‘कीर्तिपूर’ हेर्नका लागि एक सय जनाभन्दा बढि उपस्थित भएका थिए । नेवाः गुठी अमेरिकाका अध्यक्ष धर्मेन्द्र गोपालीले दर्शकहरुको उल्लेख्य उपस्थितिका कारण चलचित्र प्रदर्शन सफल भएको बताउनु भयो । उहाँले इतिहासको वास्तविकता उजागर गरेको चलचित्र ‘कीर्तिपूर’ ले थोरै भए पनि वास्तविकतालाई आम मानिससम्म पु¥याउन सफल भएको बताउनु भयो ।

    Read More