राजनीति

  • महन्थलाई लिएर बाबुराम बालुवाटार पुगेपछि...

    महन्थलाई लिएर बाबुराम बालुवाटार पुगेपछि... काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई मधेसी मोर्चाका नेता ठाकुरलाई लिएर बालुवाटार पुगेका हुन् । यसअघि उनले मधेसी मोर्चाका अर्का नेता उपेन्द्र यादवसहित प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

    Read More

  • प्रहरी र प्रदर्शनकारीबीच झडप, गुल्मीको अवस्था तनावग्रस्त

    प्रहरी र प्रदर्शनकारीबीच झडप, गुल्मीको अवस्था तनावग्रस्त गुल्मी– प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त बनेको छ । संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा दुईजना प्रहरीसहित २६ जना घाइते भएका छन् ।

    Read More

  • प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमिन !

    प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमिन ! काठमाडौं– सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

    Read More

  • ओली-बिजुक्छे भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

    ओली-बिजुक्छे भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच बुधबार भक्तपुरमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ । भेटमा देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो।

    Read More

  • प्रचण्ड–वैद्य भेटको वास्तविक तथ्य खुल्याे

    प्रचण्ड–वैद्य भेटको वास्तविक तथ्य खुल्याे काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार बिहान क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भेटघाट गरे । उक्त भेटलाई लिएर प्रचण्डको जन्मदिनको शुभकामना दिन वैद्य बालुवाटार पुगे भनेर समाचारहरु सार्वजनिक भए ।

    Read More

  • प्रचण्ड र वैद्यबीच वालुवाटारमा भेटवार्ता

    प्रचण्ड र वैद्यबीच वालुवाटारमा भेटवार्ता काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले जन्मदिनको शुभकामना दिएका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले शुभकामना दिएका हुन्।

    Read More

  • एमाले आन्दोलनको विखण्डनकारीः मोर्चा

    एमाले आन्दोलनको विखण्डनकारीः मोर्चा काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधनविरुद्ध नेकपा एमालेले चलाएको आन्दोलन प्रतिक्रियावादी वितण्डा भएको निष्कर्ष निकालेको छ। तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले उत्पीडित वर्गको अधिकार खोस्न आन्दोलन चलाइएको निष्कर्ष निकालेको छ।

    Read More

  • भ्रष्टाचारको निरोध समृद्धिको आधारः प्रधानमन्त्री

    भ्रष्टाचारको निरोध समृद्धिको आधारः प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको निरोध नै समृद्धिको आधार भएको बताएका छन् । शुक्रबार भ्रष्टाचार विरुद्ध राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारको निरोध नभएसम्म समृद्धि नहुने बताए ।

    Read More

  • पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

    पोखरामा डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार कास्की– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ। नयाँ शक्ति नेपालको विद्यार्थी संगठनद्वारा पृथ्वीनारायण क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा उनीमाथि जुत्ता प्रहार भएको हो।

    Read More

  • दलका नेतासँग छलफल गर्दै सभामुख घर्ती

    दलका नेतासँग छलफल गर्दै सभामुख घर्ती काठमाडौं- सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्ने भएकी छन्। सो क्रममा उनले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने कार्ययोजना रहेको छ ।

    Read More