काठमाडौं, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेरसम्म चलेको बैठकमा एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं, फागुन । जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालको प्रकृतिलाई मानवमैत्री वातावरण बनाउने उद्घोष गरेका छन् । आज रिपोर्टस क्लवमा वागमती बचाउ अभियान नेपाल राधिका ट्रस नेपालद्वरा अयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘फाहोर गर्नेलाई स्पोर्टमा नै डण्डा हान्नु पर्छ ।’
काठमाडाैं, ७ फागुन । आज फागुन ७ अर्थात्, ६८ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
काठमाडौं, ४ फागुन । एमाले अध्यक्ष केपी ओली १८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका उनीविरुद्ध माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि उनको कार्यकाल १० महिनामा सकिएको थियो ।
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन् । राष्ट्रपतिबाट बिहीबार शपथग्रहणलगत्तै उनलाई विभिन्न देशका नेपालस्थित राजदूतले शीतलनिवासमै शुभकामना दिए ।
काठमाडौं, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउने योजनाअनुरुप विभिन्न पाँचवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज अपरान्ह राष्ट्रपति निवास शीतल निवासमा ओलीले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् ।
काठमाडाैं, ३ फागुन । माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।
काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ ।
काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले