खेलकुद

  • कोपा अमेरिकाः अमेरिकाको शानदार जित

    कोपा अमेरिकाः अमेरिकाको शानदार जित न्यूयोर्क । जारी कोपा अमेरिका फुटबलमा आयोजक अमेरिकाले शानदार जित हात पारेको हो । बुधबार बिहान सिकागोमा भएको समूह ए अन्तर्गतको आफ्नो दोस्रो खेलमा आयोजक अमेरिकाले कोस्टारिकालाई ४–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो । अमेरिकाको जितमा क्लेन्ट डेम्प्सी, जर्मेन जोन्स, बबी उड र ग्राहम जुसीले एक एक गोल गरे ।

    Read More

  • सन्दर्भः यूरो कप, चनाखो बन्न अमेरिकी सुझाव

    सन्दर्भः यूरो कप, चनाखो बन्न अमेरिकी सुझाव न्यूयार्क । विश्वकप फुटबल जत्तिकै लोकप्रिय युरोकप फुटबल केही दिनमा शुरु हुँदैछ । खेल शुरु हुन केही दिनमात्र बाँकी रहँदा फलानो टिमले उपाधि हडप्छ भन्दै खेलप्रेमीहरुले बाजी राख्न थालिसकेका छन् । जुन १० तारिखदेखि फ्रान्सहमा हुने युरोकपका कारण अहिले फ्रान्स फुटबल मय बनेको छ । फुटबलको रौनक एकातिर हुँदा सुरक्षा चुनौति पनि त्यत्तिकै देखिएको छ । फ्रान्समा पटक पटक भएको चरमपन्थी हमलाका कारण विश्व शक्तिशाली मुलुक अमेरिकाले पनि आतंकवादी हमला हुन सक्ने भन्दै सुरक्षा संयन्त्र कडा बनाउन सुझाव दिएको छ ।

    Read More

  • क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल

    क्रिकेट खेलाडी संघको अध्यक्षमा अग्रवाल काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघको अध्यक्षमा पूर्व कप्तान पवनकुमार अग्रवाल चयन भएका छन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको हलमा शनिवार भएको वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का महासचिवमा चयन भएका छन् । क्रिकेट खेलाडीहरुको हक हितमा काम गर्न गठन भएको संघको साधारण सभाले सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    Read More

  • साग र बंगबन्धु विजेता खेलाडी सम्मानित

    साग र बंगबन्धु विजेता खेलाडी सम्मानित काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जित्ने पुरुष तथा सागमा रजत जित्ने महिला टिम र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने खेलाडीलाई मंगलबार नगद सहित सम्मान गरेको छ । हल्चोकस्थित सशत्र प्रहरी बलको कार्यालयमा भएको एक कार्यक्रमका बीच सागमा स्वर्ण जित्ने र बंगबन्धु बिजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई एन्फाले जनही ५–५ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मानित

    Read More

  • एन्फाले पदक विजेता खेलाडीलाई सम्मान गर्दै

    एन्फाले पदक विजेता खेलाडीलाई सम्मान गर्दै काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगबन्धु विजेता टालीलाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्न लागेको एन्फाले जनाएको छ । सागमा स्वर्ण पदक जित्ने फुटबलमा खेलाडी तथा सागमा रजत जित्ने महिला टिम र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने खेलाडीलाई मंगलबार नगद सहित सम्मान गर्न लागेको हो ।

    Read More

  • हैदरावाद पहिलो पटक च्याम्पियन, डेभिड वार्नर बने हिरो

    हैदरावाद पहिलो पटक च्याम्पियन, डेभिड वार्नर बने हिरो काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटकोसनराइजर्स हैदरावाद पहिलोपटक च्याम्पियन बनेको छ । आइतबार राति भएको बैंग्लोर एम चिन्नास्वामी रंगशालमा भएको फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले हराएर हैदरावादले आइपिएलको नवौं संस्करणको उपाधि जितेको हो । हैदरावादले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले सात विकेट गुमाएर दुई सय रन बनाउन सक्यो । बैंग्लोरका क्रिस गेलले ३८ बलमा ७६ तथा कप्तान विराट कोहलीले ३५ बलमा ५४ रन बनाए पनि त्यो उपाधिका लागि पर्याप्त भएन । हैदरावादका बेन कटिङले दुई विकेट लिए ।

    Read More

  • उपाधिको होडबाट केकेआर बाहिरियो

    उपाधिको होडबाट केकेआर बाहिरियो काठमाडौं । जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पराजित हुँदै कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ । एलिमिनेटरमा कोलकाता सनराइजर्स हैदराबादसंग २२ रनले पवराजित हुंदै प्रतियोगिताबाट बाहिरिएको हो । विजयी हैदरावादले भने अब फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससंग दोस्रो क्वालिफाएरमा प्रतिस्पर्धा गर्नेछ ।

    Read More

  • एडिबी चम्किएपछि आरसीबी फाइनलमा

    एडिबी चम्किएपछि आरसीबी फाइनलमा काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गुजरात लायन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो प्लेअफ खेलमा एबी डिभिलियर्स प्रेणित बैंगलोरले गुजरातलाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बैंगलोरस्थित एम सिनेश्वामी स्टेडियममा गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य बैंगलोरले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जितसंगै बैंगलोरले आइतबार हुने फाइनलका लागी स्थान सुरक्षित बनाएको छ । जवाफी ब्याटिङमा उत्रिएको बैंगलोरले सुरुवात भने राम्रो गर्न सकेको नभए

    Read More

  • आईपीएलः गुजरात लायन्स शीर्ष स्थानमा

    आईपीएलः गुजरात लायन्स शीर्ष स्थानमा काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गुजरात लायन्स तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति कानपुरमा भएको खेलमा गुजरातले मुम्बइ इन्डियन्सलाई ६ विकेटले हराँदै १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । उसका लागि नितिस रानाले सर्वाधिक ७० रन बनाए । यस्तै जोस बटलरले

    Read More

  • उपाधि बार्सिलोनाले जित्यो, गोल्डेनबुट स्वारेजलाई

    उपाधि बार्सिलोनाले जित्यो, गोल्डेनबुट स्वारेजलाई काठमाडौं । स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ग्रनाडालाई ३–० ल पराजित गर्दै बार्सिलोनाले २४ औं ला लिगा उपाधि जितेको हो । उपाधि दाबेदार रियल मड्रिडले लिगको आफ्नो अन्तिम खेलमा डिप्रोटिभो डी ला कोरुनालाई २–० ले हराए पनि बार्सिलोनाले उपाधि जित्न सफल रह्यो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । स्वारेजले २२, ३८ र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

    Read More