कला-साहित्य

रागिनीले गरिन् भूकम्पपीडितलाई सहयोग (फोटो फिचर)

काठमाडौं ।  चित्रकार तथा कलाकारहरुले आफूले कोरेको चित्रको विक्रिबाट प्राप्त रकम भूकम्पपीडितहरुलाई सहयोग गरेकाछन् । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा चित्रकार रागिनी उपाध्यायलगायत ६८ देशका कलाकारहरुले कोरेको चित्र बिक्रिबाट प्राप्त भएको संयुक्त रकम नेपालको बुढानीलकण्ठका भूकम्प प्रभावितहरुलाई राहतस्वरुप वितरण गरीएको हो ।
उपत्यकामा सोमबार आएको भीषण हावाहुरीका कारण भूकम्पपीडितका अस्थायी टहरा र जस्तापाता उडाएर बिचल्ली भएपछि प्रतिष्ठानले बुढानीलकण्ठको १५, १६ र १७ वडाका प्रभावितलाई चामल, नुन, तेललगायतका खाद्यान्नसामाग्री र घर निमार्णका लागि इट्टा, जस्तापातालगायतका अत्यावश्यकीय सामग्री वितरण गरेको हो ।

चित्रकार रागिनी उपाध्यायले आफूले चित्र बनाएर संकलित रकमबाट प्रभावितहरुलाई राहत वितरण गरेको जनाइन् । उनले आफ्नो प्रयासबाट नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्नको लागि अन्य चित्रकारहरु पनि सहमत भएको बताइन् । उनले पहिलो चरणमा त्यस क्षेत्रका १ सय ६ घर परिवारलाई आधारभूत आवश्यकताका सामाग्री वितरण गरेका जनाइन् ।  भूकम्पपीडितहरुले आफूहरुलाई सरकारले कुनै सहयोग नगरेको गुनासो गर्दै प्राकृतिक बिपत्तीको बेलमा सबैको साथ सहयोगको अपेक्षा लिएको बताए ।